बलिउड अभिनेत्री प्रिंयका चोपडाको उत्तेजक तस्बिर सार्बजनिक भएको छ । सार्बजनिक तस्बिरले अहिले बलिउड बजार समेत तताएको छ । चोपडाले मेन्स म्यागजिन ‘एस्क्वायर’ लागि उक्त तस्बिर फोटोसुट गराएकी हुन् ।
फोटोसुटका केही फोटोको फुटेज सार्वजनिक भएपछि उनले हट पोज दिएको पुष्टि भएको छ । सार्बजनिक तस्बिरमा उनी स्वीमिङ पुलमा मस्ती स्वरुप र बिकिनी अबतारमा प्रस्तुत भएकी छिन् । त्यसो त म्यागजिनसँगको कुराकानीमा उनले आफ्नो जीबन र फिल्मीयात्रावारे बिस्तृत कुरा गरेकी छिन् ।
प्रियंकाको अनुसार सानी हुदा उनको अभिभाबकले बन्दरेल्ला भनेर बोलाउथे । किनकी सानोमा उनको ब्यबहार केटीको जस्तो छँदै थिएन । उनले जे चलाउथिन् त्यो सामान फुटेकै हुन्थ्यो । प्रियंकाले अभिनय गरेको पछिल्लो फिल्म ‘गंगाजल’ केही समय अघि प्रदर्शनमा आएको थियो ।
अहिले अमेरिकामा सिरियल र हलिउड चलचित्रमा व्यस्त रहेकी छिन् ।