सैनिक श्रीमती संघले १४ मेका दिन काठमाण्डौ स्थित टुडिखेलमा आयोजना गर्न लागेको ‘अमरपंक्षी’ नामक ईभेन्टका लागि बलिउडका दुई अभिनेत्री
सोनाक्षी सिन्हा र आइटम गर्ल मलाईका अरोरा खान काठमाडौ आउने भएका छन् ।
यि दुई ईभेन्टमा सहभागी हुने भएपछि अहिले यो ईभेन्टलाई महत्बका साथ हेरिएको छ । बलिउडका यि दुई चर्चित कलाकार सहित अभिनेत्री प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारी, सुष्मा कार्की, निशा अधिकारी, मोडल सहाना बज्राचार्य र गायिका इन्दिरा जोशीले नृत्य तथा सांगीतिक प्रस्तुती दिने भएका छन् ।
उक्त ईभेन्टमा सोनाक्षी र मलाइकाले आधा दर्जन भन्दा बढी हिन्दी गीतमा नृत्य प्रस्तुत गर्ने भएका छन् भने नेपाली कलाकारले नेपाली गीतमै नृत्य प्रस्तुत गर्ने कार्यक्रम छ । केहि समय अघि मात्रै बलिउड गायक बादशाहले समेत नेपालमा प्रस्तुती दिएका थिए ।
पछिल्लो समय घुम्न देखी फिल्मको छाँयाकन र नेपाली ईभेन्टमा बलिउडका कलाकारको सहभागीता बढ्न थालेको छ । अहिले सम्म अभिनेता साहरुख खान, आमिर खान, अनुपम खेर, अभिनेत्री रबिना टण्डन, सन्नी लियोनी लगायतका कलाकार नेपाल आइसकेका छन् ।