मराज बिसी निर्देशित चलचित्र ‘गाजलु’को एक औपचारिक कार्यक्रमका बिच रिलिज गरिएको छ । सार्बजनिक ट्रेलरमा प्रेम, रोदन,साँस्कृतिक र सामाजिक कथालाई समेटिएको छ । ट्रेलरमा अनमोल यस अघिका फिल्ममा झै प्रस्तुत भएका छन्
कार्यक्रममा निर्माता रोहित अधिकारीले चित्तबुझ्दो स्कृप्ट भएकाले फिल्ममा करोड लगानी गरेको बताए ।निर्माता अधिकारी र निर्देशक बिसी फिल्म चल्नेमा आशाबादी छन् । साथै फिल्मका मुख्य कलाकार अनमोल र सृष्टी मात्रै नभएर अन्य कलाकारले पनि फिल्म चल्ने दाबी गरेका छन् ।
बर्षौं पहिले नेवारी समुदायमा रहेको कुमारी प्रथाको कथालाई मुख्य मुद्दाका रुपमा उठान गरेको फिल्म कुनै फेस्टिभलको लागी नभई कमर्सियल रुपमा बनाएको निर्देशक बिसीले दाबी गरेका छन् । उनका अनुसार दर्शकको चाहना र भावना बोल्ने फिल्म भएको दाबी गरे ।
फिल्ममा अनमोल र सृष्टिसँगै गौरव पहारी, मेनका प्रधान, सलोन बस्नेत, गौरी मल्ल, विश्व बस्नेत लगायत मुख्य भुमिकामा छन् । पुर्ब मिस नेपाल सृष्टी श्रेष्ठ पहिलो पटक नेपाली फिल्ममा काम गरेकी हुन् । उनले राम्रो फिल्मको अफर आएमा निरन्तरता काम गर्ने समेत बताएकी छिन् ।