केही दिन देखी चलचित्र सायद २ र यस चलचित्रका नायिका बिचको बिबाद चुलिएको छ । निर्माण पक्ष र नायिका बिचको बिबादले मिडियामा स्थान पाएका छन् । भने,दुबै पक्षले आ-आफ्नै पक्षमा तर्क दिएका छन् ।
डेब्यु फिल्म पछि नै पारिश्रमिकमा कुरा नमिलेर फिल्म छोडेको भन्दा आम दर्शकलाई बिश्वास नलाग्न सक्छ । तर चलचित्र ड्रिम्स बाट चलचित्रमा देखा परेकी नायिका साम्राज्ञी शाहले चलचित्र सायद २ मा पारिश्रमीक नमिलेर छोडेको खबर छ ।
सुनिल रावलको निर्माणमा बन्न लागेको चलचित्रको नायिकाको लागि भिजे तथा ‘ड्रिम्स’ बाट झुल्किएकी सन्ध्या केसीलाई पनि निर्माताले अफर गरे पनि उनले आफ्नो समय अभाबका कारण फिल्म गर्न नसकेको फेसबुक बाटै स्पष्टिकरण दिएकी छिन् । तर,यि दुई नायिकाको स्पष्टिकरणमा कतिको सत्यता छ भन्ने प्रश्न पनि उब्जिएको छ ।
दुर्गीस फिल्मसको ब्यानरमा निर्माण भएको यस अघिका चलचित्र सायद,होस्टेल र होस्टेल रिटन्स ब्यापारिक रुपमा सफल भए । यहाँ चल्तीका ब्यानर र सिक्वेलमा फिल्म खेल्न नायिकाहरुको हानथाप देखिन्छ । बिभिन्न सिफारिस र अनुनयबिनय गरेर पनि चल्तिका ब्यानरका फिल्म खेल्न तयार हुने नायिका धेरै छन् ।
तर, हालै चलचित्रको पर्दामा डेब्यु गरेका नायिकाले फरक फरक तर्कले फिल्म नगरेको दाबी गरेका छन् । तर,साम्रज्ञीले भने पारिश्रमीकका कारण नभई निर्माता सुनिल रावलको कुरा गराईमा असंतोष ब्यक्त गर्दै फिल्म छाडेको स्रोत बताउछ ।
यसै बिषयमा निर्माता सुनिल रावलले भने ‘साम्रज्ञीलाई लिने की भन्ने प्रोडक्सनको कुरा थियो,उहाँले ५ लाख रुपैयाँ पारिश्रमीक मागेको जानकारी पाए,नयाँ हिरोईनलाई सो रकम दिन नसक्ने भनेको हुँ । सन्ध्या केसीको बारेमा भने उनलाई निर्देशकले निकालेको दाबी गरेका छन् ।
सन्ध्यालाई एक महिना अघि नै स्कृप्ट पढ्न दिएको तर,केयरलेस र निर्देशकले चाहे अनुसारको अभिनय कला नभेटेकोले निकालेको निर्माता रावलले बताए । उता सन्ध्या केसीले आफुले समय मिलाउन नसकेकाले नै छोडेको बताए । उनले २५ दिन सम्म वर्कसपमा गएको तर,समय मिलाउन नसक्दा निक्लिएकी दाबी गरेकी छिन् ।