विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगत नामिबियाविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा भएको छ।

आईसीसीको निर्देशन अनुसार गठन गरेको तीन सदस्यीय छनोट समितिले पारस खड्काको कप्तानीमा १४ सदस्यीय खेलाडीको घोषणा गरेको हो । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिवियविरुद्ध नेपालले वैशाख ४ र ६ गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा खेल्ने छ । प्रतियोगिताका लागि घोषणा गरिएको टोलीको उपकप्तान ज्ञानेन्द्र मल्ल रहेका छन्।

यसैगरी सागर पुन, राजु रिजाल, नरेश बुढाएर, शरद भेष्वाकर, विनोद भण्डारी,सोमपाल कामी, बसन्त रेग्मी, शक्ति गौचन टोलीमा परेका छन्। यसैगरी सन्दिप लामिछाने, करण केसी, सुसान भारी र राजेश पुलामी मगर पनि राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।

विक्रम सोव, दिपेन्द्रसिंह ऐरी, प्रेम तामाङ र अनिल मण्डललाई बैकल्पिकमा राखिएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ।