चलचित्रका कार्यक्रममा कलाकारको बिभिन्न हर्कत र नाटक देख्न पाईन्छ । फिल्मले आयोजना गर्ने कार्यक्रममा अतिथि आसन ग्रहणमा नबोलाउदा मात्रै होईन रोलक्रम अनुसार नहुदा पनि रिसाउने र आक्रोश समेत पोख्ने गरेका छन् ।
यस्तै ट्रेलरमा कुनै कलाकारलाई स्थान दिईएन भने पनि कलाकारले आक्रोश समेत पोख्ने गरेका छन् । कलाकारलाई चित्त नबुझेपछि फिल्मकै बिरोध गर्दै हिड्ने गरेका उदाहरण धेरै छन् । आज राजधानीमा आयोजित चलचित्र बुद्द बर्न ईन नेपालको ट्रेलर सार्बजनिक कार्यक्रममा पनि यस्तै देखियो ।
फिल्मकी नायिका अशिष्मा नकर्मीले ट्रेलर हेरेपछि उनलाई स्थान नदिईएको भन्दै रिसाएर कार्यक्रम स्थल बाट बाहिरिएकी थिईन् । उक्त कार्यक्रममा तीन पटक सम्म ट्रेलर रिपिट देखाउदै गर्दा दोस्रो पटककै पालोमा उनी बिग मुभिजमा थिईनन् । यस्तै कार्यक्रम सम्पन्न पछिको लन्चमा समेत सहभागी भईनन् ।
उनी कार्यक्रम स्थल बाट बाहिरिदै गर्दा केही पत्रकार संग गुनासो पोख्दै समाचार लेख्दिन समेत आग्रह गरेको स्रोत बताउछ । स्रोतका अनुसार उनलाई ट्रेलरमा नराखेकाले नै रिसाएर बाहिर निस्किएकी थिईन् ।
यस बिषयमा फिल्मीबजारले बुझ्न खोज्दा कलब्याक गर्ने बताएकी थिईन् । यद्दपी उनले फिल्मीबजारलाई कल नगरी स्रोतलाई कल गरेकी थिईन् । फिल्मको ट्रेलर र प्रचार सामाग्रीमा कुन कलाकारलाई राख्ने कस्लाई स्थान दिने नदिने निर्माण पक्षको चाँसो र अधिकारको कुरा हो । तर,यहाँ कलाकारले भने आक्रोश पोख्ने मन नपरेपछि फिल्मको बिरोध गर्ने शैली देखिएको छ ।
यस्ता हर्कत देखाउने नायिका अशिष्मा मात्र भने होईनन् । यस अघि अन्य नायिकाहरुले पनि यस्ता किसिमको हर्कत धेरै पटक देखाईसकेका छन् । यद्दपी पढेको र स्मार्ट सम्झनेले यस्तो हर्कत देखाउनु आखिर कति जायज हो सम्बन्धितले बुझुन् ।