आधुनिक गायनमा ख्याती कमाएका गायक रामकृष्ण ढकालले फेरी फिल्म खेल्ने भएका छन् । उनले यस अघि २०५८ सालमा प्रदर्शनमा आएको चलचित्र ‘आशिर्बाद’मा अभिनय गरेका थिए ।
आधुनिक गायनमा राम्रो स्थानमा हुदै गर्दा बैकिङ कारोबारमा डुबेका गायक रामकृष्ण ढकाल पछिल्लो समय गायनमा समेत निष्क्रिय छन् । लामो समय सम्म उनका नयाँ गीतहरु आउन सकेका छैनन् । भने,सांगितिक कार्यक्रममा समेत उनको क्रेज घटेको छ । तर,पुन:फिल्म खेल्ने भएपछि उनी मिडिया छाउने भएका छन् ।
रामकृष्ण अभिनित पहिलो फिल्म ‘आशिर्वाद’ को सिक्वेलमा देखिन लागेका हुन् । फिल्मको आन्तरिक रुपमा तयारी भइरहेको खुलाएका रामकृष्णले फिल्मको नाम ‘आशिर्वाद २’ रहने समेत बताएका छन् ।
‘मैले जीवनमा भोगेको आरोह अवरोहलाई अझ विस्तृत रुपमा आशिर्वाद २ मा देखाउने तयारी गरिरहेको छु’ रामकृष्णले बताए । फिल्मका अन्य कलाकारको बारे जानकारी गराएका छैनन् । चलचित्रको काम नयाँ बर्ष देखी सुरु गरिने पनि जानकारी गराएका छन् ।
गायक ढकाल यतीबेला आफ्नै जिवनीमा आधारित पुस्तक लेखन कार्यमा समेत ब्यस्त छन् ।